लमजुङ मर्स्याङ्दीमा शैक्षिक महोत्सव सुरु
लमजुङ | पुस ३०, २०७९
लमजुङ: लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम, विविध खेलकुद र साँस्कृतिक कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
मंगलबार विशेष समारोहका बीच महोत्सवको उद्घाटन भएको हो । संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको उद्घाटन गरेका हुन् । पहिलो दिन महोत्सव उद्घाटनसँगै शुभकामना मन्तव्य, विविध शैक्षिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रम भएका छन् । दोस्रो दिन बुधबार गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक उत्प्रेरणा कार्यक्रम रहेको छ ।
त्यसैगरी बिहीबार गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा कक्षा ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र २९ गते विद्यार्थी लक्षित उत्प्रेरणामूलक कार्यक्रम हुने भएको छ । त्यस्तै शैक्षिक महोत्सवको पाँचौ दिन ३० पुसमा मस्र्याङ्दी कप, माविस्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प, प्राविस्तरीय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ ।
यसैगरी १ माघमा माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेल मैदानमा आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शैक्षिक महोत्सवको अन्तिम दिन २ माघमा भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

